पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग

<span class='c1'>पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख</span> <span class='c2'>जरिवाना वा पाँच वर्ष कैद सजायको माग</span>

काठमाडौँ । पत्रकार दिलभूषण पाठकविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो।

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो।

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवाको (कांग्रेस सभापति शेरबहादुर देउवापुत्र) पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहि अग्रवाल र दीपक भट्टको लगानी रहेको छ।निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।

यस्तै अभियोगपत्रमा उक्त सामग्री प्रकाशन गर्न प्रयोग भएका कम्प्युटर, फ्लपी, कम्प्याक्ट डिस्क, टेप ड्राइभ, सफ्टवेयर वा अन्य उपकरण जफत गर्न माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोगपत्रमा मागदाबी लिइएको छ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो। उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन।पक्राउ नगरि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्