चलचित्र र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रतिबद्ध छु ःमन्त्री गुरुङ

<span class='c1'>चलचित्र र सञ्चार क्षेत्रलाई व्यवस्थित</span> <span class='c2'>गर्न प्रतिबद्ध छु ःमन्त्री गुरुङ</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयकलाई राम्रो बनाउन गम्भिर भएर लागेको बताएका छन् ।
सोमबार काठमाडौंमा चलचित्र विकास बोर्डको २५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले चलचित्र ऐनलाई अझै सुधार गर्न सक्ने समय भएको भन्दै यो विधेयकलाई राम्रो बनाउन सबैको सुझाव आवश्यक भएको बताए ।

उनले भने, ‘चलचित्र बोर्डको ऐन राष्ट्रिय सभामा छलफल हुदैँछ । त्यसमा छुटेका कुराहरु धेरै हुन सक्छन् । यो क्षेत्रको विकासको लागि हामीले प्रस्ताव गरेको ड्राफ्टमा जे कुरा उल्लेख छ । त्यो अपर्याप्त हुन सक्छ, हामीले धेरै लामो छलफल पनि चलाउन पाएनौ । यसलाई छिटो ल्याउनु पर्छ भनेर हतार पनि गर्नु पर्दैन्, समय छ राष्ट्रिय सभामा छलफलको क्रममा केही न केही सुधार गर्न सक्छौ । त्यसपछि प्रतिनिधि सभामा आउछ र त्यसमा पनि केही गर्न सक्छौ । यो सबै काम सरकारले मेहेनतका साथ गरिरहेको छ यसमा तपाईहरुको सुझाव आवश्यक हुन्छ ।

जसरी हुन्छ चलचित्र विधेयकलाई राम्रो बनाउन पर्छ ।साथै, उनले चलचित्र क्षेत्र, सञ्चार क्षेत्रलगायत अन्य क्षेत्र व्यवस्थित भयो भने मुलुक स्वच्छ हुने भन्दै त्योे काममा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डले वार्षिक उत्सवको अवसरमा फिल्म इतिहासमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने २५ फिल्मको सूची सार्वजनिक गरेको छ । नेपाली फिल्म क्षेत्रको विगत ६० वर्ष पूरानो छ । विकास बोर्डका अनुसार यो अवधिमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । यसले ४६ करोड ८७ लाख ग्रस कलेक्सन गरेको छ । त्यस्तै, सबैभन्दा बढी व्यापार गर्ने दोस्रो फिल्म ‘कबड्डी ४’ हो । यसको ग्रस कलेक्सन २१ करोड ४० लाख छ ।

सबैभन्दा बढी कमाइ गर्ने तेस्रो फिल्म भने ‘१२ गाउँ’ बनेको छ । यसले १९ करोड ९२ लाख ग्रस कलेक्सन गरेको छ । चौथोमा ‘छक्का पञ्जा ४’ र पाँचौमा ‘जारी’ छ । ‘छक्का पञ्जा ४’ले १७ करोड ५३ लाख र ‘जारी’ले १७ करोड ४८ लाख ग्रस कलेक्सन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्