सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैनः प्रकाशमान सिंह

<span class='c1'>सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के</span> <span class='c2'>गरियो भन्ने कुरा बिर्सिनु हुँदैनः प्रकाशमान सिंह</span>

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारको आलोचना गर्ने पार्टीका नेताहरुले आफू सरकारमा बस्दाखेरी के गरियो भन्ने कुरा बिर्सिन नहुने बताएका छन् ।

बु्धबार कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन समुद्घाटन कार्यक्रममा बोल्दै उनले आलोचना गर्नु ठिक हुने तर सरकारमा आफू हुँदा गरेका काम जनताले हेरिरहेको बताएका हुन् ।

उनले भने, ‘आलोचना गर्नु ठिकै छ गर्नुस् । सरकारले यो गरेन, त्यो गरेन भन्ने आफ्नो ठाउँमा छ तर आलोचना गर्ने पार्टीका नेताहरुले आफु सरकारमा बस्दाखेरी के गरे त त्यो पनि बिर्सिनुभएन । आफू सरकारमा हुँदा के गर्यौ त्यो जनताले हेरिरहेका छन् । हामी विधिको शासन हुनुपर्छ भनेर लडेका मान्छे हौं ।

उनले मौका पाउँदा के दिन सकियो सबैले मनन् गर्नुपर्ने भन्दै २०१७ सालमा गुमेका अधिकार प्राप्त गर्न ३० वर्षभन्दा बढि संघर्ष गर्नु परेको पनि बताए ।
‘दुई पटक संविधान सभाको चुनाव भयो, ठुला कुरा गर्नुभन्दा मौका पाउँदा केही दिन सकियो कि सकिएन भन्ने हो । संविधान जारी गर्ने कठिन परिस्थिती हामीले बिसिर्यौ अनि अहिले कस्तो बनाएको भन्ने ? १७ सालमा गुमेको अधिकार पूर्न वहाली गर्नका लागि हामीले ३० वर्षभन्दा बढि संघर्ष गर्नु परेको कुरा बिर्सिनु भएन,’ उनले भने ।

उनले कठिन संघर्ष गरी प्राप्त गरिसकेको अधिकारलाई सुरक्षित, संस्थागत अगाडि बढाउने काममा हाम्रो कमिकमजोर देखा परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्