नाथमको जनशक्ति विस्तारमा जोड दिनु पर्छः पर्यटन मन्त्री पाण्डे

<span class='c1'>नाथमको जनशक्ति विस्तारमा जोड दिनु</span> <span class='c2'>पर्छः पर्यटन मन्त्री पाण्डे</span>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटेल ब्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति विस्तारका लागि जोड दिनुपर्ने बताएका छन् ।

बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नाथमको जनशक्ति एकदमै महत्वपूर्ण रहेको भन्दै यसको माग सबैतिर बढेकाले विस्तारका लागि काम गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘नेपाल पर्यटन तथा होटेल ब्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति एकदमै महत्वपूर्ण छ । यसको इन्ट्रान्स पनि निष्पक्ष छ र निस्केको जनशक्ति पनि कहीँ खाली छैन, विदेश जान चाहे जान्छन यहीँ पनि काम पाउँछन् । नाथमलाई सरकारले सहयोग गर्न सकेको छैन अव कुन तरिकाले चलाउने भन्नेमा कठिनाई भएको छ । यसको जनशक्ति विस्तार गर्नुपर्छ अहिले अभाव पनि छ यसको विस्तारका लागि हामी चाँडै टुङमा पुग्छौं ।’

उनले नाथमको विस्तारमा नीजि क्षेत्रका साथै स्थानिय तहलाई समेत जोड्नुपर्ने बताए । ‘नीजि क्षेत्रलाई त्यसमा समावेश गर्ने की स्थानिय तहलाई त्यसमा समावेश गर्ने की । नाथम ल्याउनु खोल्नु भन्ने माग सबैतिर छ । तीन तहका सरकारसँग समन्वय गरेर हुन्छ की । नाथमको जनशक्ति महत्वपूर्ण छ त्यसको फ्रान्ससँग दोहोरो इन्र्टनसिप चल्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्