कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा

<span class='c1'>कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट</span> <span class='c2'>समूह आज पनि आमरण अनशनमा</span>

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन् । अनशनमा रहेका उनीहरुले माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन् ।

उनीहरुले विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंगको माग गर्दै आइतबारदेखि आमरण अनशन सुरु गरिएको छ ।सोही क्रममा रोजन राईले आफ्नो अवस्थालाई नेताहरुले ध्यान नदिएको बताए । पछिल्लो समय महामन्त्री गगन थापासँग दलका साथिहरुले कुरा गरिरहेको पनि उनको भनाई छ ।

उनले भने, ‘ल्याब टेस्ट गर्दा मृर्गाैलामा समस्या देखिएको छ । हाम्रो यो अवस्थालाई नेताहरुले ध्यान दिएको जस्तो लागेको छैन् त्यही पनि पछिल्लो समय महामन्त्री गगन थापासँग हाम्रो साथिहरुले कुरा गरिरहेको छ । पार्टीमा वेतिथि र संवेदनहिनता देखा परेको हुनाले नै अहिले मुलुकमा नयाँ पार्टीहरु देखा परेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्