एसीसी यु–१६ : नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै

<span class='c1'>एसीसी यु–१६ : नेपाल मलेसियासँग</span> <span class='c2'>टस जितेर बलिङ गर्दै</span>

काठमाडौं । नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा भईरहेको खेलमा नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन् । योसँगै उनले बलिङ रोजेका छन् ।

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल खेल खेलिरहेको छ ।
समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।

दोस्रो सेमिफाइनल पनि आजै हङकङ र सिंगापुर भिड्दै छन् । हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो ।
प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्