धरानमा भएको विभिन्न अपराधिक घटनामा संलग्न अभियुक्त सार्वजनिक

<span class='c1'>धरानमा भएको विभिन्न अपराधिक</span> <span class='c2'>घटनामा संलग्न अभियुक्त सार्वजनिक</span>

विराटनगर । धरानमा भएको तीन फरक फरक अपराधिक घटनामा संलग्न रहेका ५ जना अभियुक्तलाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सुनसरीको धरान–१० स्थित सैनिक चौकमा असार १२ गते साँझ समिर राईमाथि धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने प्रयास गरिएको थियो । मोटरसाइकलमा आएका चार जनाले खुकुरी, फलामको रड र हेलमेट प्रयोग गरेर समिरलाई आक्रमण गरेका थिए । राई गम्भीर घाइते बनेका थिए भने आक्रमणकारी फरार भएका थिए ।

प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै गर्दा विराटनगर महानगरपालिका–१३ बाट असार १७ गते घटनामा प्रयोग भएको को २० प ७५६३ नम्बरको मोटरसाइकलसहित चालक साईमन चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछिका दुई दिनमा घटनामा संलग्न पासाङ शेर्पा र प्रशान्त प्रधानलाई पनि धरानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए । घटनामा अर्का अभियुक्त अजय खड्का भने हालसम्म फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार घटना लागू औषध कारोबारको लेनदेन नमिल्दा भएको खुलेको छ । प्रहरीका अनुसार आक्रमणमा प्रयोग गरिएको खुकुरी, फलामको रड र मोटरसाइकलसमेत बरामद गरिएको छ ।

यसैबीच धरान–१५ मा गत चैत्र २४ गते भएको घर फोडी चोरी घटनामा संलग्न सोनाम लामा पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक घर भई हाल बेथानचोक गाउँपालिका–६ मा बसोबास गर्दै आएका ४१ वर्षीय लामा काठमाडौंको दरबारमार्ग क्षेत्रबाट असार १४ गते पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनले धरानका दुई घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको नगद, दुई तोला सुन र १७ तोला चाँदी चोरी गरेका थिए। सवारी साधन भाडामा लिएर मानिस नभएको घरको पहिचान गरी ढोका फोड्ने र चोरी गर्ने शैलीमा उनी संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी बालिका यौन दुव्र्यवहारको आरोपमा सुनसरी प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीय खगेन्द्र राई रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका जवेगुलाई धरान–१७ पृथ्वी चोकबाट बुधवार साँझ नै पक्राउ गरिएको थियो । गत वैशाख १७ गते बुधवार धरान १६ स्थित बहुभाषिक पाठशालामा श्रमदान चलिरहेको बेला राईले बालिकालाई यौन हिंसा गरेको पिडित परिवारका आफन्तले आरोप लगाएका छन् । पक्राउ परेका अभियुक्तहरूमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्