लागूपदार्थ सेवन न्यूनीकरणमा मन्त्रालय सक्रिय रूपमा लागेको छ :- मन्त्री थापा

<span class='c1'>लागूपदार्थ सेवन न्यूनीकरणमा मन्त्रालय सक्रिय रूपमा</span> <span class='c2'>लागेको छ :- मन्त्री थापा</span>

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागूपदार्थ सेवनको समस्या न्यूनीकरणका लागि मन्त्रालय सक्रिय रूपमा लागेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित ‘लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण कार्यक्रममा उनले समाजमा दिनानुदिन बढ्दै गएको लागूपदार्थ सेवनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लागूपदार्थ समग्र समाजका लागि खतरा भएको उल्लेख गरे ।

उनले भने, ‘एउटा व्यक्तिको कुलतले पूरै परिवार र समाज कलंकित हुन्छ । समस्या समाधानका लागि चेतनामूलक र सुधारात्मक कार्यक्रमहरू व्यापक रूपमा अघि बढाउनु जरुरी छ ।’मन्त्री थापाले लागूपदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने चालकको लाइसेन्स खारेजका लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय भइरहेको जानकारी दिएका छन् ।

यस्तो कदमले सडक सुरक्षामा सकारात्मक असर पार्ने विश्वास पनि लिएको उनको भनाई छ । स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले एकचोटि कुलतमा फसेपछि त्यसबाट बाहिरिन गाह्रो हुने हुँदा पूर्वरोकथाममै जोड दिनुपर्ने बताईन् । लागूपदार्थ नियन्त्रणका लागि वर्षभर निरन्तर परीक्षण आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिका प्रहरी उपरीक्षक नरेश सुवेदीले लागूपदार्थ सेवनले सवारी दुर्घटना र आपराधिक गतिविधिमा उल्लेखनीय वृद्धि भएको जानकारी दिए । किशोर, युवा र एम्बुलेन्स चालकसमेत यसको चपेटामा परेको उनले उल्लेख गरे ।
स्वास्थ्य मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण र लागूपदार्थ नियन्त्रणलाई प्राथमिकतामा राख्दै १३४० थान परीक्षण किट ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्