तत्काल राहत दिनु पर्नेमा ६ वर्ष पछि मात्र सम्झियाे सरकारले

<span class='c1'>तत्काल राहत दिनु पर्नेमा ६</span> <span class='c2'>वर्ष पछि मात्र सम्झियाे सरकारले</span>

बिनु तिम्सिना

६ वर्ष अघि भारतिय सिमा सुरक्षा बल (एसएसवि) को गोली लागेर मृत्यु भएका मोरङको अमहीबरयाती ७ का ५५ वर्षिय बासुदेव साहको परिवारलाई सरकारले ६ बर्षपछि राहत रकम दिएको छ । जिल्ला प्रसासन कार्यालय मोरङमा सोमबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री निधिले वासुदेव साहकी पत्नी उर्मिलादेवी साहलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

[caption id="attachment_30652" align="aligncenter" width="633"]तस्विर: बिनु तिम्सिना तस्विर: बिनु तिम्सिना[/caption]

घटना पछि राहत रकम दिने , परिवारको एक जनालाई प्रहरीमा भर्ना गर्ने भनिएपनि ६ बर्षपछि मात्र राहत रकम दिइएको हो । गृहमन्त्री निधिले साहका दुई जना छोराहरुलाई म्यादी प्रहरीमा भर्ना गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । उनले अभिभावक गुमाएको साह परिवारका लागि राज्य अभिभाबक भएको बताए । जनतालाई दुख पर्दा समाज र राज्यले हेर्नु दायित्व भएकोले राज्यले दायित्व पुरा गरेको बताए । गृहमन्त्री निधिले पश्चिममा भर्खरै भएको यस्तै घटना पछि मोरङमा भएको घटनाका बारेमा राहत नपाएको आफुले थाहा पाएको बताए ।
२०६७ साल जेठ ११ गते मंगलवार राति एक टिन तेल ल्याएको विषयमा विवाद हुदा एसएसविका इन्स्पेक्टर हितेन्द्र सिहले साहलाई गोली हानेर हत्या गरेका थिए । अररीया जिल्ला लैलोखर बेस क्याम्पबाट सादा पोशाकमा हतियारसहित आएका एसएसबीका जवानले नेपाली भूमिका आएर साहको गोली हानी हत्या गरेका थिए ।

सो विषयमा राज्यबाट पिडीतका परिवारलाई राहत प्रदान लगायतका विषयमा कुनै पहल नभएपछि राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक तथा संचारकर्मीहरुले दवाव सिर्जना गरेका थिए । घरको अभिभावक गुमाएका उनिहरुको परिवार मुस्किलले चल्दै आएको थियो । परिवारको आर्थिक अबस्था कमजोर भएका कारण साहका माहिला छोरा पाच महिना अधि बैदेशिक रोजगारमा गएका छन । अभिभावक गुमाएपछि छोराहरुले पनि पढाई छोडेको तथा परिवार धान्न मुस्किल भएको साहकी श्रीमती उर्मिलाले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्