राप्रपा र रास्वपाले गरे संसद् बैठक बहिष्कार

<span class='c1'>राप्रपा र रास्वपाले गरे</span> <span class='c2'>संसद् बैठक बहिष्कार</span>

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएको भन्दै दुवै दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका हुन् ।

रास्वपा सांसद मनिष झा र राप्रपा सांसद दिपकबहादुर सिंहले भिटिज भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद बहिष्कार गर्ने बताए ।बैठक सुरू हुनेवित्तिकै उनीहरूले अवरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले पहिला रास्वपा सांसद झा र त्यसपछि राप्रपा सांसद सिंहलाई बोल्न समय दिएका थिए । उनीहरूले जतिसक्दो चाँडो छानबिन समिति गठनको माग गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि संसदमा विरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्