‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

<span class='c1'>‘सरकारमा कोही छाड्ने र आउने भन्ने</span> <span class='c2'>कुरा सामान्य राजनीतिक प्रक्रिया हो’</span>

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार कांग्रेस र एमालेबीचको बलियो समझदारीको आधारमा बनेको स्पष्ट पारेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौंलाले सरकार गठनमा दुई ठूला दलबीच गहिरो सहमति रहेको बताए ।

उनले भने,‘अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीचको मजबुत समझदारीका आधारमा बनेको हो । कोही छोड्ने, कोही आउने भन्ने त स्वाभाविक राजनीतिक प्रक्रिया नै हो ।’उनले सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीचको सहकार्य निर्णायक भएको बताए ।

बर्तौंलाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सामान्य प्रक्रियाको रुपमा लिँदै सरकार स्थिर रहने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्