विराटनगर । स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूका लागि विशेष पैरवी कार्यक्रम सम्पन्न भएको छ । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी“ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य प्रवद्र्धनलाई प्रभावकारी बनाउन सञ्चारको भूमिकाबारे गहन छलफल गरिएको थियो। कार्यक्रममा सहभागी सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूले जनचेतना अभिवृद्धिमा सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच, जनचेतना अभिवृद्धि, सञ्चारको प्रभावकारी उपयोग, र स्थानीय तहसँगको सहकार्यका विषयमा प्रस्तुति र अन्तरक्रिया गरिएको थियो।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले कार्यक्रम मार्फत जनस्वास्थ्य प्रवद्र्धनमा बहुपक्षीय सहयोग र सञ्चार माध्यमको भूमिकालाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको बताए। कार्यक्रममा विराटनगर तथा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागीहरूको उपस्थिति रहेको थियो । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले कार्यक्रममा मन्तब्य राख्ने क्रममा नागरिकले औषधि अभाव हुने गुनासो गरेको प्रति असन्तुष्टि जानाएका थिए । उनले भने औषधि खरीद कार्य भईरहेको छ, नागरीकले पनि सेवन गरीरहेका छन् तर पनि औषधि अभाव भएको गुनासो गर्ने गरेको बताए ।