‘रसुवामा विपद्को सम्भावित जोखिम कायमै छ, सतर्क रहनुहोला’

<span class='c1'>‘रसुवामा विपद्को सम्भावित जोखिम</span> <span class='c2'>कायमै छ, सतर्क रहनुहोला’</span>

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सजक रहन आग्रह गरेको छ ।मंगलबार बिहान ३ः०० बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बढी आई रसुवागढीस्थित मितेरी पुलमा पूर्ण क्षति हुँदा नाकाबाट हुने नेपाल–चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अवरोध भएको पनि जिल्ला प्रशासनले जनाएको छ ।

 

नदी तटीय क्षेत्रका संरचनाहरुमा क्षति पुग्नुका साथै विपद्को सम्भावित जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्णलाई सतकर्ता अपनाउन आग्रह गरेको छ ।‘आज मिति २०८२।०३।२४ गते बिहान ३ः०० बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बढी आई रसुवागढीस्थित मितेरी पुलमा पूर्ण क्षति भई यस नाकाबाट हुने नेपाल–चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अवरोध भएको र नदी तटीय क्षेत्रका संरचनाहरुमा क्षति पुगेको अवस्था छ। उक्त विपद्को प्रतिकार्यका लागि स्थानीय प्रशासन एवम् जनसमुदाय तदारुकता साथ क्रियाशील छ ।

 

विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्नु हुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधिन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाई यातायातका साधन सञ्चालन गर्दा वा यात्रा गर्दा समेत आवश्यक सूचना लिई मात्र गर्नु हुन अनुरोध छ।

 

साथै, बाढी पहिरो वा अन्य क्षतिको सम्भावित जोखिम देखिएमा तुरुन्त नजिकैको सुरक्षा निकाय, प्रहरी कन्ट्रोल नं. १०० वा जिल्ला आपतकालिका कार्यसञ्चालन केन्द्रको फोनं. ०१०–५४००१९ मा जानकारी गराई दिनुहुन समेत अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय रसुवाले सूचनामार्फत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्