मधेस प्रदेश सरकारबाट नागरिक उन्मुक्तिले लियो समर्थन फिर्ता

<span class='c1'>मधेस प्रदेश सरकारबाट नागरिक</span> <span class='c2'>उन्मुक्तिले लियो समर्थन फिर्ता</span>

जनकपुर । मधेश प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको छ । मंगलबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका समानुपातिक सांसद उर्मिला देवी सिंहले आफ्नो पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुख रामचन्द्र मण्डललाई जानकारी गराएकी छन् ।

 

 

सांसद सिंहले बजेटमा बिचौलिया हाबी भएको र त्यस्को आफूसँग प्रमाण समेत रहेको दाबी गरेकी छन् । उनले मधेश प्रदेशमा धेरै भ्रष्टाचार भएको आरोप समेत लगाएकी छन् । उनले आफ्नो गाउँमा चलिरहेको योजनाको काममा बिचोलियाले आएर गर्दै गरेको दाबी गरेकी छन् । सुखी मधेश समृद्ध मधेश हुनुको साटो सबै माननीय सांसद र मधेश प्रदेशको जनता अहिलेको बजेटले दुखी भएको उनको आरोप छ ।

 

 

सांसद सिंहले सभामुखलाई अभिभावकको भूमिका निर्वाह गर्दै सबै सांसदहरुको भावनालाई बुझेर कुनै नतिजामा पुग्न आग्रह गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्