जोगवनीबाट घरायसीको लागि ल्याएको सामान प्रहरीले जबरजस्ती खोसेर दु:ख दिएको आरोप

<span class='c1'>जोगवनीबाट घरायसीको लागि ल्याएको सामान प्रहरीले</span> <span class='c2'>जबरजस्ती खोसेर दु:ख दिएको आरोप</span>

इन्दु साह,

विराटनगर । जोगवनीबाट घरायसी प्रयोजनको लागि ल्याएको सामान प्रहरीले जबरजस्ती खोसेर दु:ख दिएको सुनसरीको दुहवी ६ का रोहित कुमार रौनियारले आरोप लगाएका छन् । सोमबार दिउँसो जोगवनीबाट क्यान्टिनका लागि आवश्यक घरायसी सामान लिएर फर्कंदै गर्दा विराटनगर १३ रानी आँखा अस्पताल नजिकै प्रहरीले रोकेर जबरजस्ती सामान खोसेको रौनियारको आरोप छ ।

 

 

विगत पाँच महिनादेखि दुहबीको एक विद्यालयमा क्यान्टिन सञ्चालन गर्दै आएका छन् । उनले १० केजी चिनी, ३ बोतल स्प्राइट, २ पाकेट बिस्कुट लगायतका सामग्री लिएर मोटरसाइकलमा फर्किंदै थिए । जतुवा  सिआरवि बाट  खटिएका प्रहरी जवान दीपक राईसहित दुई जनाले उनलाई रोकि सामान र मोटरसाइकल नियन्त्रणमा लिएको बताए ।

 

 

त्यसपछि ती प्रहरीले सवारी र सामान छोड्ने सर्तमा एक हजार मागेको आरोप पनि उनले लगाएका छन् । प्रहरीहरुले उनलाई आगामि दिनमा बिना हस्तक्षेप सामान ओसारपसार गर्न चाहिन्छ भने, मासिक १५ ‘वाइन’ तिर्नुपर्छ समेत भनेको आरोप लगाए । रौनियारले भने, मैले सोधे वाइन भन्नाले के हो भनेर, प्रहरीले भने कुन सवारीले सामान ल्याउछ, त्यसको नम्बर टिपेर राखिन्छ र त्यसपछि हामी हस्तक्षेप गर्दैनौं ।“ रौनियारले सो घटनालाई मोबाइलमा रेकर्ड गरिरहेका थिए । तर प्रहरीहरूले उक्त रेकर्ड देखेपछि मोबाइल खोसेर सबै प्रमाणहरु नष्ट गरिदिएको गुनासो गरे ।

यसक्रममा मोवाईल खोस्ने क्रममा घुँडामा चोटसमेत लागेको उनले बताए। “मोबाइल खोस्ने क्रममा प्रहरीले मलाई बुटले हिर्काए, जसका कारण म लडे र चोट लाग्यो,“ रौनियारले गुनासो गर्दै भने । घटनास्थलमा एक महिला प्रहरीको पनि उपस्थिति रहेको र उनले ‘फसाइदिन्छु’ भन्दै धम्की दिएको उनले आरोप लगाए।  घटनापछि रौनियार मंगलबार ‘आवर विराटनगर’ कार्यालयमा आएर यो घटनाक्रम बताए । साथै उनले मंगलवार साँझमा प्रहरी कार्यालयबाट सामान र मोटरसाईकल फिर्ता पाएका छन् । यता ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईले भने डिउटीमा रहेको प्रहरीले कुटपिट नगरेको बताएका छन् । प्रहरीले सामान वापतको पैसा मागेको हो या हैन भन्ने विषयमा डिउटीमा रहेका प्रहरीसँग बुझ्ने काम भईरहेको बताए । 

डिउटीमा रहेका प्रहरीले सोधपुछ तथा चेकजाँच गर्ने अधिकार हुन्छ नै शंका लागेर कार्यालयमा सोधपुछका लागि ल्याएको हुन सक्ने राईले दावी गरे । यद्यपी घटनाबारे थप के भएको हो भन्ने विषयमा थप अनुसन्धान गरिने राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्