काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीहरु लाई करीब पौने ३ अर्ब जति बजेट व्यवस्थापन गरेको बताएका छन् ।बुधबार कर्जा असुली न्यायाधिकरणको उद्घाटन समारोहमा बोल्दै उनले समस्या ग्रस्त सहकारीहरुका लागि उक्त बजेटको व्यवस्थापन गरेको बताएका हुन् कार्यक्रममा बोल्दै उनले २३ वटा सहकारीहरुलाई समस्या ग्रस्त सहकारी धोषणा गरिएको र अरुपनि छिटै समस्या ग्रस्त धोषणा गर्ने तयारीमा रहेको बताए ।
उनले केहि समय अघिमात्रै कतिपय सहकारी पिडितहरुलाई राहत दिनुका साथै उनिहरुको पैसा र्फिता गरेको समेत बताएका छन् । सहकारी बिग्रियो भन्दापनि सहकारीलाई हौसला दिएर अगाडी बढाउनु पर्नेमा जोड दिंदै उनले नयाँ गठन भएका समितीहरुलाई प्रेरणा प्रदान गरेर छिटो छरितो ढंगबाट सिध्याउन आवश्यक रहेको समेत बताएका हुन् ।
‘२३ वटा सहकारीहरुलाई समस्या ग्रस्त सहकारी घोषण गरेका छौँ अर्को पनि छिटै समस्या ग्रस्त घोषणा गर्ने तयारीमा रहेको छौँ । केहि समय अघिमात्रैकेहि सहकारी पिडितहरुलाई राहत दिनुका साथै उनिहरुको पैसा र्फिता दिने काम गरेका थियौँं । यस बर्ष पौने तीन अर्ब बराबर रुपैयाँको व्यवस्थापन गरिसकेको थियौँ । त्यसमा ७ देखि ८ हजार मान्छेले मुक्त पाएका छन् । यस्बाट रकम प्रप्त गरेका छन् । यो भनेको उपलब्धि हो । हाम्रो जतिपनि सम्बन्धित निकायहरु छन् ति सबैले आआफ्नो तरिका बाट काम गरिरहेको छ । विभागले आफ्नो अधिकार प्रयोग गरेर सबैलाई ध्यान दिन जरुरि छ । हामीले सहकारी खतम भए भन्दैगर्दा त्यस्लाई प्रोत्साहन गर्न जरुरि रहेको छ । अहिले बनेका नयाँ अहिले गठन भएका समितीहरुलाई प्रेरणा प्रदान गरेर छिटो छरितो ढंगबाट सिध्याउन आवश्यक रहेको छ ’ उनले भने ।