इन्जिनियरिङ अध्ययन संस्थानको आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक

<span class='c1'>इन्जिनियरिङ अध्ययन संस्थानको आन्दोलनका</span> <span class='c2'>थप कार्यक्रमहरु सार्वजनिक</span>

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.स.) अन्तर्गतका सम्पूर्ण एकाइहरू, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, तथा सम्बन्धित वैचारिक संघ–संगठनहरूले संयुक्त रुपमा गरेको आन्दोलनका आगामी चरणका थप कार्यक्रमहरू सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संयुक्त आयोजनामा सञ्चालित आन्दोलनका गतिविधिहरू र आगामी चरणका थप कार्यक्रमहरू सार्वजनिक भएको हो ।

 

 

सोही क्रममा प्राध्यापक संघको सदस्य प्रा. डा. संगीता सिंहले हालसम्म उपकुलपतिसमक्ष कर्मचारी प्रमुखमार्फत ध्यानाकर्षणसहितको मागपत्र बुझाइएको, कालोपट्टीसहितको धर्ना कार्यक्रम, इ.अ.स. अन्तर्गत विभिन्न पदमा कार्यरत पदाधिकारीहरूबाट सामूहिक स्वैच्छिक राजीनामा जस्ता प्रमुख आन्दोलनात्मक गतिविधिहरू भएको जानकारी दिएकी छन् । उनले मागहरू पूरा नभएसम्म सम्पूर्ण शैक्षिक गतिविधिहरू (पठनपाठन, परीक्षा आदि) बन्द गर्ने निर्णय भएको पनि बताईन् ।

 

 

साथै, इन्जिनियरिङ अध्ययन संस्थानका प्रमुख मागहरु भनेको इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् र संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गरियोस् भन्ने हुन् । सिंहले इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता रक्षा गर्नु केवल एउटा संस्थाको हकको विषय नभई सम्पूर्ण मुलुकको प्राविधिक भविष्यको संरक्षण गर्ने साझा जिम्मेवारी भएको पनि उनको भनाई छ ।

उनले सम्पूर्ण सरोकारवाला, नीति निर्माताहरू, विद्यार्थी, शिक्षक, अभिभावक तथा आम नागरिकहरूलाई यो संघर्षमा ऐक्यबद्धता जनाउन र संस्थागत स्वायत्तता, पारदर्शिता तथा जवाफदेहितासहितको गुणस्तरीय प्राविधिक शिक्षा प्रणाली निर्माणमा साथ दिन अपिल पनि गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्