देशको जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको छ ः मन्त्री पौडेल

<span class='c1'>देशको जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा</span> <span class='c2'>गइरहेको छ ः मन्त्री पौडेल</span>

काठमाडौं । स्वस्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले देशको जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिकरण कार्यक्रममा बोल्दै उनले जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको भन्दै यसको सुधारको लागि प्रजनन् अधिकार सुरक्षित राख्दै जनसंख्या वृद्धिका लागि बच्चा जन्माउने उत्साह प्रेरणा समाजले निमार्ण गर्न सक्नुपर्ने धारणा राखे ।

 

उनले भने, ‘खासगरी हाम्रो जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको स्थिति रहेको छ । २४ जिल्लामा जनसंख्या ऋणात्मक हुँदै गएको छ । त्यसैले प्रजनन् अधिकारलाई सुनिश्चित गर्न, सन्तुलित जनसंख्या कायम गर्न यो नीति अनुकुल रहेको छ । बसाईसराईको रफ्तार बढेको देखिन्छ, सहरीकरण विस्तार भएको देखिन्छ । त्यसैले यो सबै कुरालाई समेट्नेगरी सरकार अघि बढेको छ । खासगरी प्रजनन् अधिकार सुरक्षित राख्दै जनसंख्या वृद्धिका लागि बच्चा जन्माउने उत्साह प्रेरणा समाजले निर्माण गर्न सक्नुपर्छ । एउटा आमाले बच्चा जन्माउने, शिक्षा दिक्षा दिने, पालनपोषण गर्ने सबै जिम्मा लिएपछि बच्चा जन्माउने उत्साह रहँदैन त्यसैले घर परिवार देखि सबैको सहयोग हुन आवश्यक छ ।’त्यस्तै, उनले जनसंख्या नीतिलाई उन्मुख गराउनका निम्ति निरन्तर काम गर्नुपर्ने बताए । हिजोका दिनमा गरेका अभ्यासलाई बदल्न जरुरी रहेको बताउँदै उनले समाजका समस्याहरु समाधान हुनेगरि नीति सार्वजनिक गरेको पनि बताए ।

 

उनले भने, ‘हामीले जनसंख्या मैत्री नेपाल बनाउन खोजेका हौँ भने हाम्रा नीतिहरु आम नागरिकको आवश्यकता सम्बोधन गर्ने खालको हुनुपर्छ । जसले राज्यको सबै अंगलाई छोएको हुन्छ । यसलाई विकास गरिनुपर्छ । यसलाई उन्मुख गराउनका निम्ति हामीले निरन्तर काम गर्नुपर्छ । हिजो हामीले गरेका अभ्यासलाई बदल्न जरुरी छ । समाजको मुहार कस्तो बनाउने भन्ने बारेमा सबै कुरा समेटिएर यो नीति सार्वजनिक गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्