साना र मझौला जलविद्युत् आयोजनालाई वेवास्ता नगर्न सुझाव

<span class='c1'>साना र मझौला जलविद्युत्</span> <span class='c2'>आयोजनालाई वेवास्ता नगर्न सुझाव</span>

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने स्पष्ट निर्देशन दिएका छन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले सरकारले कम्पनी मोडेलमा गठन गरेको एचआईडीसीएलले अहिलेसम्म खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे ।

 

उनले २५ मेगावाट भन्दा कम क्षमताका आयोजनालाई बाईपास गर्न नहुने उल्लेख गर्दै, भने,‘साना र मझौला आयोजनाले पनि ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिएका छन्, त्यसलाई बेवास्ता गर्न सकिँदैन’उनले नीति परिमार्जनमार्फत साना लगानी र कम मेगावाटका आयोजना समेतलाई समेट्ने कार्ययोजना बनाउनुपर्ने धारणा राखे ।मन्त्री खड्काले ठूला आयोजना र लगानीकर्तालाई आकर्षित गर्न एचआईडीसीएलले सहजीकरणको भूमिका अझ मजबुत बनाउँदै आवश्यक परे ऋण र इक्विटीका माध्यमबाट वित्तीय अभाव समाधान गर्न निर्देशन दिए ।

 

 

त्यस्तै, मुलुकको ऊर्जा आत्मनिर्भरता र निर्यातको सम्भावनालाई साकार बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको मन्त्रीको स्पष्ट धारणा थियो।उनले भने,‘आजको आवश्यकता अनुसार नयाँ सोच र प्रविधिसँगै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्छ । यसले मुलुकको आर्थिक वृद्धिमा प्रत्यक्ष टेवा पु¥याउँछ’ । जलस्रोत राष्ट्रको प्राकृतिक सम्पत्ति भएकाले यसको वैज्ञानिक र दिगो उपयोगमा सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्रीले जलविद्युत् परियोजनाहरूको समयमै सम्पन्नता, गुणस्तरीय निर्माण र लगानीमैत्री वातावरण सिर्जनामा नीतिगत सुधारलाई अघि बढाइरहेको जानकारी दिए ।

 

 

 

मन्त्री खड्काले ऊर्जा क्षेत्रमै थप लगानी भित्र्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा राख्दै, भने,‘स्रोत र खनिजको सदुपयोग गरेर मात्रै देशलाई समृद्धिको बाटोमा लयाउन सकिन्छ । उर्जा क्षेत्र आफैं बैंकको बैंक बन्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्