न्यायाधीश कालोमोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरुलाई बहुमतले गर्यो अभिनन्दन

<span class='c1'>न्यायाधीश कालोमोसो प्रकरणः २८ दिनपछि</span> <span class='c2'>छुटेका नेताहरुलाई बहुमतले गर्यो अभिनन्दन</span>

काठमाडौं । अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरुलाई कालोमोसो दल्ने नेकपा (बहुमत) का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो (बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो ।पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ले गरिव तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिक्मत गरेका नेताहरुलाई बधाई तथा धन्यबाद दिए । चलाउने पछिल्लो समयमा राज्यका तीनवोटै अंगहरुमा भ्रष्टाचार चरमचुलिमा पुगेको बेला आफ्नो पार्टीले त्यसविरुद्ध नयाँ अभियान चलाएको पनि बताए ।

 

जनताले सहिप्रकारको जनउत्तरदायी न्यायप्रणाली र अदालत नभएपछि आफ्नो पार्टी त्यसविरुद्ध लागेको बताउँदै भने, ‘जहाँ–जहाँ जनतामाथि अन्याय र अत्यचार हुन्छ, त्यहाँ–त्यहाँ नेकपा (बहुमुत) उपस्थित हुन्छ, र हिक्मत गर्ने कमरेडहरुलाई सलाम छ ।’पार्टीका २ नम्बर ब्यूरो इन्चार्ज बाबुराम गजमेरले कालोमोसो दलेर जनपक्षीय कार्य गर्ने आफ्ना साथिहरुलाई बधाई दिए । गजमेरले देश र जनतामाथि संसदवादी पार्टी र उनिहरुको भ्रष्टाचार तथा बेथिती र अत्यातारविरुद्ध आफ्नो पार्टी लड्ने प्रतिबद्धता जनाए । समाजवादी व्यवस्थाले मात्रै देश र जनताले भोग्नु परेको अहिलेको समस्याबाट मुक्ति पाउने गजमेरको ठम्याई छ ।

 

कलोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाईले धेरै कुरा सिकाएको बताउँदै भने, ‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि कालोमोसो मात्रै हैन अपराधीहरुलाई त्यो भन्दा माथिको कारबाही गर्न तयार छौं ।’सो टोलीका अर्का सदस्य तथा पार्टी केन्द्रीय सदस्य पदम मगरले देशमा अन्याय र अत्याचारले सीमा नाघेको बताउँदै त्यसविरुद्ध निडर भएर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे ।गत जेठ २९ गते बीरगञ्ज उच्च अदालतको इजलासभित्रै अभिनाश कुँवर, पदम मगर र गर्भू महतोले न्यायाधीश द्वोय खुसिराम थारु र अर्जुन महर्जनलाई कालोमोसो छ्यापेका थिए । आलमले उन्मिुक्ति पाए लगत्तै विभिन्न राजनीतिक दल तथा नेता कार्यकर्ता र आमजनताले न्यायाधीशरु विकेर फैसला गरेको भन्दै त्यसको व्यापक विरोध जनाएका थिए ।चितवन जिल्ला इन्चार्ज पूर्ण विकले सन्चालन गरेको कार्यक्रममा पार्टी स्थायी समिति सदस्य द्वोय डिडी पाण्डे र निर्मलसहितका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्