मध्यराती मोरङको कटहरीमा बन्दाकोपी लोड गरिएको गाडीबाट गाँजा बरामद

<span class='c1'>मध्यराती मोरङको कटहरीमा बन्दाकोपी लोड</span> <span class='c2'>गरिएको गाडीबाट गाँजा बरामद</span>

विराटनगर । पहाडी जिल्लाबाट अवैध रुपमा ल्याइएको अवैध गाँजा मोरङको कटहरी हुदै भारत तर्फ तस्करी गरेर लैजादै गरेको गाँजा प्रहरीले ट्रक सहित बरामद गरेको छ । प्रहरीले शनिबार राति बन्दाकोभी लोड गरिएको ट्रकबाट ३ हजार १ सय ५० किलो गाँजा बरामद गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–३ स्थित कटहर चोकमा राति साढे १२ बजेतिर चेकजाँच गर्दा को १ ख ४५१८ नम्बरको ट्रकमा लुकाइ राखिएको अवस्थामा गाँजा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, ट्रकमा देखिनेगरी बन्दाकोभीका बोरा राखिए पनि ती बोरामुनि १ सय ५ वटा गाँजाका बोरा लुकाइएको फेला परेको हो। बरामद गाँजाको कुल तौल ३,१५० किलो रहेको छ। र ट्रक जाँचका क्रममा प्रहरी देखेपछि चालक फरार भएका छन् । फरार चालकको खोजी तीव्र पारिएको चुडालले जानकारी दिईन् ।

 

प्रारम्भिक अनुसन्धानमा पहाडी जिल्लाबाट ल्याएर भारत तर्फ तस्करी गर्न लागिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । यसअघि पनि मोरङ जिल्लामा ठूलो परिमाणमा गाँजा बरामद हुँदै आएको थियो। यस अघि असार २५ गते धनपालथान गाउँपालिका–१ मा ८०२ किलो गाँजा बरामद भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्