मौद्रिक नीतिको प्रभावले शेयर बजारमा उछाल, करिब साढे ११ अर्बको कारोबार

<span class='c1'>मौद्रिक नीतिको प्रभावले शेयर बजारमा उछाल,</span> <span class='c2'>करिब साढे ११ अर्बको कारोबार</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उछाल आएको छ । आज(आइतबार) बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेको थियो । साताको पहिलो कारोबार दिन २९ अंकले बढेर २७६०.८० बिन्दुमा रोकिएको बजारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर कारोबार भएको छ । यस दिन ३११ स्टकको शेयर कारोबार भएको हो । यस अघि बिहिवार ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर खरिद विक्री भएको थियो । आज सेन्सेटिभ इन्डेकस ९.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५६ अंक बढेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.२३ अंक बढेको छ ।

 

 

मौद्रिक नीतिले उद्यम व्यवसाय, ब्याजदर कोरिडोर, घरजग्गा, शेयर कारोबार लगायतमा गरेको लचिलो व्यवस्थाले अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको थियो । यस दिन एनआइसी एशिया बैंक, खानीखोला हाइड्रो पावर र जिवन विकास लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइसी एशियाको शेयर मूल्य प्रतिकित्ता ३६.८१ रुपैयााले बढेर ४०५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । खानीखोलाको शेयर मूल्य २६.४४ रुपैयाँले बढेर प्रतिकित्ता २९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी जिवन विकास लघुवित्तको शेयर मूल्य पनि १२९.८७ रुपैयाँले बढेर प्रतिकित्ता १४८०.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

 

 

यसदिन हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर प्रतिकित्ता ३९.३७ रुपैयाँले घटेर ३५७.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  त्यसैगरी राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको शेयर मूल्य प्रतिकित्ता २६.२७ रुपैयाँले घटेर ३३१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यस दिन एनआइसी एशिया, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्टक्चर डेभ्लप्मेन्ट र सानीमा बैंकको शेयर सर्वाधिक कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्