सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन  ः डा.महत       

<span class='c1'>सुशासन कायम गराउन सरकारसँग अझै</span> <span class='c2'>धेरै चुनौतीहरु छन  ः डा.महत       </span>

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरिकका लागि सेवा प्रवाहमा अझै सुशासन कायम हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै केही सकारात्मक पक्ष रहेको उल्लेख गरे । उनका अनुसार निजी क्षेत्रलाई चलायमान बनाउनका लागि पाँच वटा विधेयक संसदबाट पारित भइसकेका छन् भने नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुनहरू पनि बनेका छन् । ‘यो सरकारले एक वर्षमा केही राम्रा कुराहरू पनि गरेको छ । निजी क्षेत्रलाई चलायमान गर्नका लागि पाँचवटा विधेयक पारित भएका छन् । अन्य नागरिक सम्बन्धी कानुनहरू पनि बनेका छन्, केही कानुनहरू पारित हुने क्रममा छन्,’ महतले भने ।

 

तर उनले आम जनताको दैनिक जीवनमा देखिएको ढिलासुस्ती, झमेलालगायत पारदर्शिताको अभावप्रति चिन्ता व्यक्त गरे । ‘आम नागरिकले प्राप्त गर्ने सेवा सुविधाको हकमा अझै त्यहाँ सुशासन भएको छैन। अनेकौं झमेला, ढिलासुस्ती र पारदर्शिताको अभावमा जनताले अझै पनि दुःख पाइरहेका छन्,’ उनले भने ।प्रवक्ता महतले यस्ता समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्