काठमाडौं अदालतबाट मुद्दाहरु शतप्रतिशत फैसला हुँदैन् तर प्रगति राम्रो छ’

<span class='c1'>काठमाडौं अदालतबाट मुद्दाहरु शतप्रतिशत फैसला</span> <span class='c2'>हुँदैन् तर प्रगति राम्रो छ’</span>

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । सो अवसरमा न्यायाधीश कमलप्रसाद पोखरेलले मुद्दा फछर्र्यौटमा अदालतको अवस्था जटिल रहेको प्रतिक्रिया दिएका छन् । शनिबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँग अदालत संवाद कार्यक्रममा बोल्दै उनले काठमाडौंको तुलना काठमाडौंसँग मात्र गर्नुपर्ने भन्दै मुद्दाहरु शतप्रतिशत फैसला हुन नसक्ने बताएका हुन् । उनले भने, ‘हाम्रो परिवेश सबैलाई थाहा छ । यहाँ ७७ वटै जिल्लाका मुद्दा दर्ता हुन्छन् । मान्छे काठमाडौंमा मुद्दा दर्ता गरेर कहाँ पुग्छन् थाहा हुँदैन् । पटक पटक म्याद बदर गर्नुपर्ने अवस्था हुन्छ । काठमाडौंको अवस्था जटिल छ, काठमाडौंको तुलना काठमाडौंसँग मात्र हुन्छ । दुई सय वा दुई हजार मुद्दा हुने जिल्ला अदालतसँग तुलना गर्नै मिल्दैन । यहाँ ५० हजार मुद्दाको लगत छ ।’ उनले देशमा १०÷१५ वटा मुद्दा भएका जिल्ला, दुई तीन सय मुद्दा भएका जिल्लाहरुसँग काठमाडौं जिल्लालाई तुलना गर्दा गलत सन्देश गएको भन्दै बताए ।

 

 

न्यायाधीश पोखरेललका अनुसार यस वर्ष काठमाडौं जिल्ला अदालतले इतिहासमा पहिलो पटक मुद्दा दर्ता भन्दा बढि २६ हजार ७ सय ४४ वटाको फैसला गरेको छ । उनले कम मुद्दा दर्ता हुँदा सेवा प्रवाह चुस्त रहने बताए ।  ‘यस पटक इतिहासमा पहिलो पटक ५० प्रतिशत मुद्दा फछर्र्यौट गरेको छ । यो भन्दा अगाडि ५० प्रतिशत कहिलै पुगेको छैन । पहिलो चोटी मुद्दा दर्ता भन्दा बढि फैसला यस पटक भएको छ । यस वर्ष २५ हजार ६ सय ३९ नया दर्ता भएका छन् । हामीले फैसला २६ हजार ७ सय ४४ वटा गरेका छौ । सेवा प्रवाहलाई चुस्त दुरुस्त गर्नका लागि जति मुद्दा कम भयो त्यति ध्यान दिन सक्छौ,’ उनले भने ।

 

 

यस्तै कार्यक्रममा फैसला कार्यान्वयन अधिकारी धन बहादुर कार्कीले फैसला कार्यान्वयनमा जटिलता रहेपनि प्राथमिकताका साथ काम गरिरहको बताए । उनले भने, ‘सुरु मुद्दामा जति कार्यविधि जटिलता छ त्यति नै फैसला कार्यान्वयनमा प्रक्रिया अपनाउनुपर्छ । बैकिङ कसुरका मुद्दाहरु धेरै कार्यान्वयनमा छन् । हामीले कार्यान्वयनमा प्राथमिकता दिएका छौ र गरेका छौ । पोहोरको भन्दा १५ सय बढि फछर्यौट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्