नेपाली श्रमिकका लागि गोवामा श्रम सचेतना अन्तरक्रिया कार्यक्रम

<span class='c1'>नेपाली श्रमिकका लागि गोवामा</span> <span class='c2'>श्रम सचेतना अन्तरक्रिया कार्यक्रम</span>

विराटनगर । नेपाली राजदूतावास, नयाँ दिल्लीको पहलमा भारतको गोवामा श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना भारतमा रहेका नेपाली श्रमिकहरूलाई भारतीय श्रमसम्बन्धी कानुनबारे जानकारी दिनका लागि गरिएको हो ।

किन ईन्डिया दिल्ली समेतको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । किन ईन्डिया दिल्लीका निर्देशक नवीन जोशीका अनुसार भारतमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकहरूलाई नियम, कानुन थाहा नहुनुका कारण विभिन्न समस्यामा पर्नुपरेको छ । उनीहरूलाई सचेत गराउने उद्देश्यले गोवामा यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा करिब २ सय नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो। साथै भारतका कानुन व्यवसायीहरूको समेत सक्रिय सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा श्रमिकहरूले भोगिरहेका समस्याहरू, कानुनी उपायहरू, र समस्यामा परेमा कुन निकायबाट सहयोग लिन सकिन्छ भन्नेबारे व्यापक छलफल गरिएको थियो । हालका दिनमा भारतमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूले विविध समस्या भोग्नुपरेको पृष्ठभूमिमा, यस्तो सचेतनामूलक कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्