सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरु सकारात्मक : प्रधानमन्त्री ओली

<span class='c1'>सरकार गठनको एक वर्षमै आर्थिक</span> <span class='c2'>सूचकहरु सकारात्मक : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वका विकास आयोजना तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरेका हुन् । उनले अघिल्लो कार्यकालमा समयसीमा तोकेर काम गर्ने परिपाटी नरहेको जनाउँदै हाल त्यसको सुरुवात भएको दाबी गरे । ‘हामी सरकारमा आएको एक वर्ष पुग्दैछ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,’प्रधानमन्त्री ओलीले लेखेका छन् ।

 

 

उनले नागरिक सेवा प्रवाहमा सुधार ल्याउन आवश्यक कानुन संशोधन गरिएको जनाउँदै सेवा लिन लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भई अनलाइन प्रणालीतर्फ उन्मुख भइसकेको बताए । ‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,’ओलीले लेखे, ‘गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’प्रधानमन्त्री ओलीले आफ्नो सन्देशको अन्त्यमा सबै नागरिकप्रति नमन व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्