मनसुनका बेला विपद् व्यवस्थापनमा सक्रिय रहन रास्वपाको आह्वान

<span class='c1'>मनसुनका बेला विपद् व्यवस्थापनमा</span> <span class='c2'>सक्रिय रहन रास्वपाको आह्वान</span>

काठमाडौं । मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्का सम्भावना बढेकाले नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्न सबैलाई सतर्क र सक्रिय रहन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विशेष आह्वान गरेको छ । पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा विपद्को जोखिम न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, राहत वितरण तथा मानवीय सहयोगका कार्यमा संलग्न हुन पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकहरूलाई अपिल गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो । हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । रास्वपाले सबै नागरिक, निकाय र सरोकारवालालाई दलीय स्वार्थभन्दा माथि उठेर विपद्को सामना गर्न आग्रह गर्दै, ‘सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो,’ भनेको छ ।

 

कार्यवाहक सभापति अर्यालले पार्टीका सबै सदस्यहरूलाई उच्च सतर्कता अपनाउन र मानवीय सेवाको उच्चतम भावनाका साथ तयारी अवस्थामा रहन विशेष अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्