सुनसरीकाे हरिनगरमा भिनाजुले गाेली हानी गरे सालीकाे हत्या

<span class='c1'>सुनसरीकाे हरिनगरमा भिनाजुले गाेली</span> <span class='c2'>हानी गरे सालीकाे हत्या</span>

हरिनगर। सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित घुस्कीमा भिनाजुले गाेली हानी सालीकाे हत्या गरेको छ। गएराती २:३० बजेकाे समयमा हरिनगर-६ का १८ वर्षकी अरसी खातुनकाे टाउकाेमा गाेली हानी हत्या गरेको हाे। मृतक खातुनका भिनाजु भारतीय नागरिक घुर्ना बस्ने वर्ष २९ काे अजाद मियाँ जटले साली अरसी खातुनकाे टाउकाेमा गाेली हानी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

 

गाेली लागेपछि खातुनकाे घटनास्थलमै मृत्यु भएको छ भन्ने घटनास्थलबाट एउटा गाेली समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी याेगराज खतिवडाले बताए । डिएसपी खतिवडा नेतृत्वकाे टाेली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टमकाे लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको डिएसपी खतिवडाले बताए । हत्या गरि फरार रहेको अजाद मियाँ जटकाे खाेजीमा डिएसपी खतिवडाको नेतृत्वमा प्रहरी टाेली परिचालन गरिएका छन् ।

 

अभियुक्तको भारतमा समेत हत्या, अपहरण, चोरी र डकैती लगायतका दर्जनौ मुद्दा छ । उनी भारतमा अपराध गरेर नेपाल पस्ने र नेपालमा अपराध गरेर भारत पस्ने गर्दै आएको प्रहरी अनुसन्धानवाट खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्