जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड

<span class='c1'>जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३</span> <span class='c2'>अर्ब १ करोड</span>

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ३ अर्ब १ करोड ९ हजार ४ सय ६३ रुपैयाँको बजेट ल्याएको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिकाले १३ औँ नगरसभाबाट प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुँजीगततर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक सुरक्षा भत्तातर्फ ५० करोड रकम बजेट विनियोजन गरिएको जानकारी गराएको छ ।

 

आर्थिक वर्ष २०८१।०८२मा जनकपुरधाम उपमहानगरपालिकाले चालुतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र ७१ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ । आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकास, पर्यटन पवद्र्धन, कृषि उद्योगको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, गरिबी न्युनीकरण, ग्रामीण विद्युतिकरण, हरित शहरलगायतका योजनालाई केन्द्रमा राखेर बजेट ल्याइएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्