जमानीमा छुटेका अध्यक्ष साहले भने : मलाई फसाउन खोजियो

<span class='c1'>जमानीमा छुटेका अध्यक्ष साहले भने</span> <span class='c2'>: मलाई फसाउन खोजियो</span>

जनकपुर । किर्ते हस्ताक्षर मुद्दामा हाजिरी जमानीमा छुटेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले आफूलाई फसाउन प्रशासनिक संयन्त्र लागि परेको आरोप लगाएका छन् । करीब ६ दिन धनुषा प्रहरीको हिरासतमा बसेपछि हाजरी जमानीमा रिहा भएका साहले सोमबार (आज) पत्रकार सम्मेलन गर्दै आफूलाई प्रशासनिक संयन्त्रले नै फसाउने प्रपञ्च रचेको आरोप लगाएका छन् । उनले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आर्थिक प्रलोभन दिएर आफ्नो मान्छेलाई बृहत्तरमा राख्न दिएको दवाब अस्वीकार गरेपछि झुठो प्रपञ्च रचेर फसाउन खोजेको बताए ।

 

साहले भने ‘किर्ते हस्ताक्षर मैले गरेको छु भनेर समाचार बाहिरियो तर विधि विज्ञान प्रयोगशालाको रिपोर्टले आफूले त्यो हस्ताक्षर नगरेको प्रमाणित गरेको छु ।’ साहले आफूले हस्ताक्षर नगरेको दावी गरिरहँदा विधि विज्ञान प्रयोगशालाको रिपोर्टको विषयमा अदालतले केही भनेको छैन भने त्यो रिपोर्ट बाहिर समेत सार्वजनिक गरिएको छैन् । बृहत्तरका निर्देशक वैद्यनाथ पासवानले अध्यक्ष साहले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै गत वर्ष चैत २८ गते अदालतमा मुद्दा दर्ता गराएका थिए ।

 

पासवानले दर्ता गरेको मुद्दाकै आधारमा २०८२ वैशाख २५ गते बृहत्तरका अध्यक्ष साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएको केही महिनासम्म फरार रहँदै आएका साहलाई प्रहरीले केही दिन अगाडी मात्रै नियन्त्रणमा लिएको थियो । यद्यपि साहले आफूले यो विषयमा अनुसन्धानमा सघाउने अभिप्रायले आत्मसमर्पण गरेको दावी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्