विराटनगर । श्रमिकको श्रम अधिकार गर्न मानवअधिकार रक्षकको भूमिका सम्बन्धी तीन दिने तालीम विराटनगरमा सुरु भएको छ । राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशद्वारा अन्तर्राष्ट्रिय श्रम संगठनको सिद्धान्त अधिकार , श्रमिकको अधिकार उल्लङ्घन नियन्त्रण गर्न मानवअधिकार रक्षकको भूमिका सम्बन्धी विराटनगरमा सोमबारबाट तालिम सुरु भएको हो ।

तलिमको उद्धघाटन गर्दै आयोगका सदस्य सूर्यप्रसाद ढुङ्गेल शर्माले साना किसानदेखि महिलाहरु श्रमिकको अधिकार संरक्षण गर्न हाम्रो ध्यान केन्द्रित हुनु जरुरी रहेको बताउनुभयो । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले प्रदेश सरकारले श्रम तथा रोजगारी नीतिको मस्यौदा अन्तिम चरणमा पुगेकोले यसका लागि आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले औद्योगिक शहरका रुपमा रहेको यस क्षेत्रमा उद्योग र श्रमिक वीच समझदारी रहेको चर्चा गर्दै मजदुरको न्यूनतम तलव वृद्धि सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।
आयोगका कोशी अध्यक्ष वीरबहादुर वुढामगर, अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालका सलुमन राजवंशी, नेपाल पत्रकार महासंघ कोशीकी महासचिव हेमा चेम्जोङ्ग,आयोगका लोकनाथ बाँस्तोला,नवराज सापकोटाले श्रमिकको मानव अधिकार र कानुनी संरक्षण गर्नुपर्ने सुझाव दिएका छन् । तालिममा कोशी प्रदेशका १४ जिल्लाका मानवअधिकार रक्षकहरुको सहभागिता रहेको छ ।