हल्ला र आशंकाका आधारमा बोल्न मिल्दैन ः मन्त्री अधिकारी

<span class='c1'>हल्ला र आशंकाका आधारमा बोल्न</span> <span class='c2'>मिल्दैन ः मन्त्री अधिकारी</span>

काठमाडौं । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको अवस्था नै आशंका नै आशंकामा रहेकाले छानबिन गरेर मात्र बोल्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक बाहिर पत्रकारहरुसँग बोल्दै उनले कसको पालामा के भयो भनेर मजाले अध्ययन गर्नुपर्ने तर अरुलाई मात्र दोष लगाउन नहुने बताए ।

 

मन्त्रीहरु घुसकान्डमा मुछिएको घटना बाहिर आएपछि संचारकर्मीहरुले सोधेको प्रश्नमा उनले हल्लाका भरमा नबोल्ने बताए । उनले विधिमा रहेर जनताको सेवा गर्ने बताए । आशंका र हल्लाका भरमा बाहिर बोल्न नमिल्ने बताएका मन्त्री अधिकारीले सत्यतत्य केही दिनमा बाहिर आउने जिकिर गरे । संसद बाहिर सांसदहरु गणेश पराजुली, हरि ढकाल, लेखनाथ दाहाल, मनिष झा, महेश वर्तौलालगायतले संचारकर्मीहरुसँग आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्