प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दै

<span class='c1'>प्रतिनिधि सभाको बैठक दिनको</span> <span class='c2'>१ बजे बस्दै</span>

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्दैँछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ भने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको २३ औं वार्षिक प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची पनि रहेको छ ।

 

यस्तै, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (संचालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्