मोरङ, चैत्र १६ गते मोरङको बुढीगंगा गाउपालिका ४ बाट प्रहरीले बुधबार घरेलु मदिरा बरामद गरेको छ भने ३ जनालाई नियन्त्रणमा लिएको छ ।
बुढीगंगा गाउपालिकास्थित कोशी राजमार्गमा नियमित सवारी चेकजाँच गर्ने क्रममा क्षेत्रीय अनुसन्धान व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको संयुक्त टोलीले १ सय ७० लिटर घरेलु मदिरा फेला पारी बरामद गरको हो ।
उत्तरबाट दक्षिणतर्फ आँउदै गरेको मे १ ख ११३२ नम्बरको बसमा लुकाई छिपाई ल्याउदै गरेको सो परिमाणको घरेलु मदिरा सहित मोरङ डाँगीहाट ११ बस्ने दुर्गा राई, बेलबारी २ बस्ने पंचमाया राई र रिना गुरुङलाई नियन्त्रणमा आवश्यक अनुसन्धान भईरहेको छ ।
बस र चालक प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।