वालुवामुनी लुकाई राखेको गाँजासहित तीन पक्राउ

<span class='c1'>वालुवामुनी लुकाई राखेको</span> <span class='c2'>गाँजासहित तीन पक्राउ</span>

सुनसरी, चैत्र १६ गते । सुनसरीको कोशी गाउँपालीका ३ बाट प्रहरीले बुधवार बिहान ठुलो परिमाणको लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ९ बस्ने बर्ष १८ बर्षिय संजिव मुखिया, श्रीपुर ६ बस्ने २० बर्षिय विद्यानन्द मुखिया र भोजपुर हसनपुर १ बस्ने २० बर्षिय घनश्याम खड्का रहेका छन् ।

उनिहरुलाई कोशीटप्पु बन्यजन्तु आरक्षणको पेरीमिटर छेउबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट हरिपुरको टोलीले पक्राउ हो। बिशेष सुराकीको आधारमा उनिहरुलाई शंकालागी चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट सय ग्राम लागूऔषध गाँजा फेला पारेको थियो। उनिहरुलाई थप अनुसन्धान गर्ने क्रममा सोही ठाँउमा वालुवा मुनी लुकाई छिपाई ५ वटा बोरामा राखिएको अबस्थामा अन्दाजी १ सय ७५ किलो लागूऔषध गाँजा फेलापारी बरामद गरेको हो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्