पथरी चैत्र १९ माेरङको पथरीशनिश्चरेमा चैत्र १९गते देखि श्रीमद् गरुण महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ । चैत २७ गते सम्म हुने नवाह पुराणको सभासद चन्डी प्रसाद राईले उद्धघाटन गरेका छन् । पुर्वका लोकप्रीय युवा आचार्य पण्डित केवलकृष्ण अधिकारीको सुमधुर संगीतमय कथा बाचन तथा पण्डित सुर्यनारायण तिम्सिनाद्धारा पाठ बाचन रहने छ ।
पुराण उद्धधाटन गर्दै प्रमुख अतिथि राईले संस्कृतीको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउदै सक्दो सहयोग गर्ने बताए । पुराणमा महामण्डलेश्वर हेमानन्द गिरी, समाजसेवी तिलक बान्तावा, शिक्षक रुपनारायण भट्टराई, देवराज भण्डारीलगायतले सहयोग तथा शुभकामना ब्यक्त गरे ।
अतिथी तथा भक्तजनलाई शुभकामना मन्तब्य ब्याक्त गर्दै २०६८ सालमा स्थापना संस्कृत बिध्यालयको स्तर उन्नतीको लागी पुराण सुरु गरेको बिध्यालय ब्यावस्थापन समितीका अध्यक्ष भवानी प्रसाद तिम्सीनाले बताए । २० गते देखि २६ गते सम्म कथा बाचन भजन कृतन झाँकी सम्मान तथा समस समयमा विभिन्न विद्धान विदुषीहरुद्धारा प्रवचन रहेको प्रअ उमाकान्त न्यौपानेले बताए ।