माेरङका युवाहरू माछापालनमा

<span class='c1'>माेरङका युवाहरू</span> <span class='c2'>माछापालनमा</span>

मोरङको पथरीका युवाहरुले बयरवन–८ मा माछा पालन सुरु गरेका छन् । कृषि सँगसँगै पर्यटन विकासमा समेत टेवा पुग्ने उद्देश्यले उनीहरु अहिले एग्रो टुरिजमको कन्सेप्टमा अगाडि बढिरहेका छन् ।

मोरङको बयरवन–८ स्थित सीताधाप, जहाँ वरिपरि जंगल, जंगलको बीचमा खोला छ, यहाँ पथरीका चार युवाले कावेली एग्रो टुरिजम एण्ड रिसोर्ट सुरु गरेका छन् । डाँस खोलाको किनारमा रहेको यो क्षेत्र साँच्चै हेर्दा रमणीय छ ।

पाँच बिघा क्षेत्रफलमा फैलिएको कावेली एग्रो टुरिजम एण्ड रिसोर्टमा अहिले ४८ कट्ठामा माछा पालन भइरहेको छ । ५० लाखको लगानीमा यहाँ होमस्टे सञ्चालन गर्दै यो क्षेत्रलाइ पिकनिक स्पटका रुपमा समेत विकास गर्ने योजनाका साथ अगाडि बढेको रिसोर्टका अध्यक्ष पदमबहादुर लिम्बू बताउछन् ।

हेर्दा पनि रमणीय देखिने सिताधाप माछा पालनसँगै घुमफिरका लागि पनि निकै रमणीय छ । कृषि उपजहरु बिक्रीका लागि बजारसम्म जानुभन्दा आफै उत्पादन गर्ने अनि खपत पनि आफै गर्ने उद्देश्यले होमस्टे सञ्चालन गर्न लागिएको लिम्बू बताउछन् ।

कृषि सँगसँगै पर्यटनलाई पनि जोडेर अगाडि बढ्दा राम्रो आम्दानी हुने देखेर आफूहरु रिसोर्टमा अर्गानिक तरकारी तथा माछा, कुखुरा, हाँस, बंगुर पाल्ने योजनामा लागेको उनीहरुले बताए । बजारको माहोलबाट दिक्क भएका मानिसहरुलाई लक्षित गरेर रिसोर्ट सञ्चालन गर्न लागेको उनीहरु बताउँछन् ।

सुरुवातीे चरणमा समस्याका बीच जंगलको बीचमा रहेको खाली जग्गामा यी किसानहरु व्यावसायिक रुपमा कृषिमा लागे । ५ बिघा जग्गा भाडामा लिइएकोमा अहिले २ बिघा जग्गा कम्पनीको नाममा खरिद गरिसकेका छन् । पहिला यो जमिनमा खासै खेती हुँदैन थियो ।

तर त्यही जग्गामा अहिले व्यावसायिक माछा पालन र होमस्टे सुरु हुने भएपछि यस क्षेत्रका बासिन्दा पनि उत्साहित भएका छन् । युवाहरुको उत्साहलाई थप प्रोत्साहित गर्न जिल्ला कृषि विकास कार्यालयले पनि ४ लाख बढी सहयोग गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्