विराटनगर १९ चैत्र । मोरङको भाथिगञ्जमा दाइजो न्यूनीकरण अभियान सम्पन्न भएको छ । विराट राजवंशी युवा समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक बिकृतिको रुपमा रहेको दाइजो न्यूनीकरण गर्न गाउँगाउँमा सचेतना कार्यक्रम आयोजना गर्ने गरिएको आयोजक संस्थाका अध्यक्ष कुशेश्वर राजवंशीले जानकारी दिए ।
सो अवसरमा बोल्दै महिला शान्ति, अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष सञ्जु साह, वरिष्ठ गायक रामा मण्डल र युवा संगीतकर्मी विष्णु राजवंशीसहितका वक्ताहरुले ग्रामीणस्तरसम्म प्रभावकारी सचेतना फैल्याउन सके मात्र दाइजो न्यूनीकरण हुनसक्ने विचार व्यक्त गरे ।
विराट राजवंशी युवा समितिले यसअघि एकदर्जन बढी स्थानमा दाइजो विरोधी कार्यक्रम गरिसकेको जनाएको छ ।