सुनिल शर्माको आह्वान- स्वच्छ व्यक्तिको अन्तरिम सरकार, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री देखि प्रदेश सभा खारेज

<span class='c1'>सुनिल शर्माको आह्वान- स्वच्छ व्यक्तिको अन्तरिम सरकार,</span> <span class='c2'>प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री देखि प्रदेश सभा खारेज</span>

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले देशमा व्याप्त राजनीतिक संकट समाधान र सुशासन स्थापनाका लागि राष्ट्रिय मेलमिलापको अपिल गर्दै एउटा महत्वपूर्ण प्रेस विज्ञप्ति जारी गरेका छन् ।  जेनजी युवा समूहद्वारा भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध गरिएको आन्दोलनमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले शहीदहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

डा. शर्माले वर्तमान विषम परिस्थितिमा सबै राजनीतिक दलहरूलाई व्यक्तिगत स्वार्थ त्यागी आम जनताको पक्षमा उभिन र देशलाई भ्रष्टाचारमुक्त, विकासोन्मुख तथा समृद्धिको बाटोमा लैजान इमान्दारिताका साथ अगाडि बढ्न हार्दिक आह्वान गरेका छन् । उनले राजनीतिक दलहरूको सहमति र प्रतिबद्धताविना गरिने निर्णयहरू तथा दलहरू आफैँ इमान्दार र पारदर्शी नभए भविष्यमा अझ विकराल स्थिति आउन सक्ने चेतावनी पनि दिएका छन् ।

डा. शर्माले  राष्ट्रपति, आन्दोलनरत जेनजीहरू, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी र आम नेपाली जनतालाई राष्ट्रिय एकता, संयमता र मेलमिलापमार्फत नै मुलुकलाई निकास दिन गम्भीरतापूर्वक आह्वान गरेका छन् । युवाहरूको सपना, आम जनताको अपेक्षा र लोकतान्त्रिक मूल्य मान्यतालाई सुरक्षित राख्न संविधानभित्रको बाटो नै रोज्नुपर्नेमा उनको जोड छ ।

यस्तो छ आह्वान :प्रेस विज्ञप्ति :म सवैलाई संवैधानिक बाटोबाट समाधान तथा राष्ट्रिय मेलमिलापको लागि हार्दिक आवह्वान गर्दछु ।मिति २०८२ भदौ २३ र २४ गते आम जनताको चाहना अनुरुप Gen-Z युवा समूहद्वारा भष्ट्राचार विरुद्ध र सुशासन स्थापनाको लागि गरिएको आन्दोलनको क्रममा हाम्रा होनाहार भाईबहिनीहरुको निधनले हामी सवैलाई अत्यन्त मर्माहत बनाएको छ । सहादत प्राप्त गर्नु हुने सवैमा म भावपुर्ण श्रद्धाञ्जली अपर्ण गदै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । आन्दोलनको क्रममा घाईतेहरु सवैलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।अहिलेको विषम परिस्थितिमा सवै राजनैतिक पार्टीहरुले आफ्नो स्वार्थ निहित छल कपट र दाउपेच नगरी आम जनताको पक्षमा देशलाई भ्रष्टाचार रहित, विकासोन्मुख र समृद्धीको बाटोमा लैजान नयाँ ढंगले इमान्दारिताकासाथ अगाडि आउन म हार्दिक अपिल गर्दछु । यस अवस्थामा हामीले यो पनि कदापी विर्सन हुँदैन की राजनैतिक पार्टीहरुलाई संलग्न नगराई उनीहरुको सहमति र प्रतिबद्धता नलिई गरिएका निर्णयहरुले साथै राजनैतिक पार्टीहरुले आफु इमान्दार र पारदर्शी नभई गरेका कार्यले भविष्यमा अझ विकराल परिस्थितिको सिर्जना गर्न सक्ने कुरालाई हामी कसैले पनि नकार्न सक्दैनौं । यसर्थ म Gen-Z यूवा साथीहरु, नागरिक समाज, स्वतन्त्र समाजसेवी विज्ञ, प्राज्ञ, कानुन तथा संविधानविद, सवै पार्टीहरु र आम जनतालाई निम्नानुसारका बुँदाहरुलाई गंभिरतापुर्वक लिन हुन अनुरोध गर्दछु ।बर्तमान राजनैतिक संकट समाधान तथा अव चालिनु पर्ने कदमहरुः

१) Gen-Z यूवाहरुको मागअनुसार संबिधान संसोधन लगायत बिषयहरुमा वार्ता गर्न राजनैतिक दलहरुलाई पनि वार्तामा समावेस गर्ने र बर्तमान सांसदहरुको सर्वसम्मतिबाट तुरुन्तै संविधानमा संसोधन गर्ने । संविधान संसोधनमा निम्न बुँदाहरुलाई समावेस गर्ने ।

क) Gen-Z यूवाहरुसंगको वार्ता अनुसार नेपालका आम जनताले स्वीकार गर्ने स्वच्छ छवीको व्यक्तिको अगुवाईमा अन्तरिम सरकार गठन गर्ने ।ख) ६ महिना देखि १ बर्ष भित्र आम निर्वाचन गराउने र सोको मिति तय गर्ने ।ग) आम निर्वाचन संगै संवैधानिक संबैधानिक राजतन्त्र तथा धर्मको विषयमा पनि जनमत संग्रह गर्ने ।

घ) प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्ने ।ङ) एक व्यक्ति बढीमा दुई पटक भन्दा बढी देशको राष्ट्रपति/प्रधानमन्त्री/मन्त्री हुन नपाउने व्यवस्था गर्ने ।च) प्रदेश सभा खारेज गर्ने ।छ) स्वतन्त्र न्यायालयमा हाल सम्म जिल्ला देखि सर्वोच्च सम्म गरिएको सवै राजनैतिक नियुक्तीका न्यायाधिस र पदाधिकारीहरुलाई तत्काल पद मुक्त गरी लोकसेवा आयोग वा स्वतन्त्र निकायबाट योग्य व्यक्तिहरुलाई नियुक्त गर्ने । किनकी न्यायालयमा भएको राजनैतिक मिलेमतोको नियुक्तीका न्यायाधिसहरुबाट Gen-Z ले भने जस्तो आम जनतालाई न्याय हुने खालका न्याय सम्पादन हुन सक्दैन र न्यायालय प्रति आम जनताको चाहना अनुसारको कुनै सुधार आउने छैन । (यो सवैभन्दा गहन र महत्त्वपुर्ण विषय हो ।)ज) कुनै पनि राजनैतिक पार्टीको पदाधिकारीहरुको कार्यावधी बढीमा ४ वर्षको हुने र प्रत्येक ४ बर्षमा अनिवार्य महाधिवेसन गर्नै पर्ने । त्यसो नभएको खण्डमा उक्त राजनैतिक पार्टीको दर्ता स्वत खारेज हुने ।झ) कुनै पनि राजनैतिक पार्टीमा निर्वाचित हुने पदाधिकारीले उक्त पदमा दुई कार्यावधी सम्ममात्र कार्य गर्न पाउने ।ञ) सवै राजनैतिक नियुक्ती खारेज गर्ने । लोकसेवा आयोग अथवा त्यस्तै स्वतन्त्र निकाय मार्फत नियुक्ती गरिनु पर्ने ।ट) Gen-Z यूवाहरुका प्रतिनिधी, नागरिक समाज, स्वतन्त्रछवीका विज्ञहरु सहितको उच्च स्तरीय आयोग गठन गरी भ्रष्टाचार, हत्याराहरु, हालको आन्दोलनमा आन्दोलनकारीको हत्या लगायतका सवै खालका बेतिथीहरुको स्वतन्त्र र न्यायिक छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने । प्राथमिकता अनुसार पहिलो छानविन ३० दिन भित्रमा गरिसक्ने ।ठ) माथि उल्लेख गरिएका बुँदाहरुसहित आम जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयहरुलाई संविधानमा समावेस गरी त्यसलाई अनुमोदन गर्न छोटो समयको लागि भए पनि विशेष अधिवेसन बोलाई संविधान र कानुन सम्मत ढंगले अहिलेको शुन्यता र अनिर्णित अवस्थालाई देश र आम जनता केन्द्रित निकास दिन आवश्यक रहेको छ ।ड) आम निर्वाचन र जनमत संग्रह नभईन्जेल सम्मको लागि संसदलाई निस्क्रिय राख्ने । यस समयावधीमा कानुनमा परिवर्तनको आवश्यकता परेको खण्डमा आवश्यकता अनुसार (बुँदा नं. ट अनुसारको उच्च स्तरिय आयोगको सिफारिसमा मात्र) विशेष सदन आवह्वान गरी कानुन अनुमोदन गर्ने । संसद भङ्ग गर्दा देशमा शुन्यताको सिर्जना हुन जाने कुरालाई हामीले कदापी विर्सन हुँदैन ।२) २०४६ साल पछिका उच्च ओहोदामा रहेका कर्मचारीहरुको सम्पत्ती र सम्पत्तीको श्रोतको छानविन हुनुपर्ने ।३) सवै राजनैतिक दलहरुहरुको कम्तिमा ६ महिना भित्र बिशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने । अन्यथा यसलाई पालना नगर्ने पार्टीको दर्ता स्वत खारेज हुने ।सम्माननीय राष्ट्रपति ज्यू, आन्दोलनरत Gen-Z युवा साथीहरु, सम्पुर्ण राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, आम नेपाली जनताहरुलाई म गम्भीरतापूर्वक आह्वान गर्दछु र अब हामीले राष्ट्रिय एकता, संयमता र मेलमिलापमार्फत नै मुलुकलाई निकास दिनुपर्छ । युवाहरुको सपना, आमजनताको अपेक्षा र लोकतान्त्रिक मुल्य मान्यतालाई सुरक्षित राख्न संविधानभित्रको बाटो नै रोज्नु पर्छ जुन दिगो र न्यायपुर्ण हुन्छ । यो बाटो नै शान्तिपुर्ण नेपालको अपरिहार्य आवश्यकता हो जसले हाम्रो देशलाई नयाँ ढंगले समृद्धीको बाटोमा लैजान्छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्