विजया दशमी, खुशी बाँडेर मनाउँ

<span class='c1'>विजया दशमी, खुशी</span> <span class='c2'>बाँडेर मनाउँ</span>

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहारको रुपमा नेपालमा दशैं मनाउने गरिन्छ । विशेष त यो हिन्दुधर्मालम्बीको पर्व हो । तर, यसको महत्व नेपालमा राष्ट्रिय पर्वको रुपमा छ । त्यसैले सबै धर्मालम्बीले यसलाई कुनै न कुनै रुपमा मनाउँछन् । अर्थात दशैंसँग कुनै न कुनै साइनो छ । विगत, वर्तमान र भविष्यका अवयवहरुमा जुनसुकै परिस्थिति होस्, माया, स्नेह, सम्मान र हौसलाको जरुरी पर्दछ । अहिले देशको परिस्थिति ठिक यहि मोडमा छ । समाज भत्किएको जस्तो र देश उजाडिएर रोइरहेको जस्तो अवस्थामा छ । दशैं भित्रदैं गर्दा हाम्रा मनोविज्ञान खुशीमा भन्दा पनि दुःखसँग नजिक बनेर उभिएका छन् । खुशीमा उभिनुपर्ने हाम्रो पर्व हो ।  खासगरी गत भदौ २३ र २४ गते देशले जुन परिस्थिति बेहोर्नुप¥यो त्यो खास सकारात्मक सन्देशको मात्रै छैन । व्याख्यामा हामी आ–आफ्नो केन्द्रमा राख्ने विभाजित मनोविज्ञानमा छौं, परिणाम भने त्यो घटनापछि नकारात्मक नै बढी छ ।

दुःख भित्र हामीले देखिरहेको परिवर्तन कति सहज भन्ने हाम्रो अनुमान अहिले नै ठ्याक्कै मिल्न सक्दैन । बहस गरेर निष्कर्ष दिएजस्तो कर्म गरेर परिणाम ल्याउन पक्कै पनि गाह्रो काम हुन्छ । त्यसैले दुःख सिर्जना गर्दै परिवर्तनको सन्देश दिएको जेनजी आन्दोलनपछिको दशैं नेपालीका लागि दुई कुरालाई सुखद मानिएको छैन । पहिलो जेनजी आन्दोलनमा सरकार पक्षबाट भएको बल प्रयोगमा मारिएका शहीद र उनीहरुको परिवार तथा सामाजिक मनोविज्ञान । अर्को त्यतिका होनाहार नागरिकको मृत्युसँगै देशमा भएको विध्वंस र ध्वस्तताका प्रतिकहरु । हाम्रो देशको मुख्य प्रशासकिन केन्द्र सिंहदरबार जलेको देखेरै हामी धेरै अहिलेसम्म पछुताइरहेका छौं अनि हाम्रा होनाहार नागरिकको बर्बर हत्या भएको सम्झेर हामी तड्पीरहेका छौं । यस्तो कारुणीक दिन लगतै आएको दशैं खास उत्सवको रुपमा मान्ने की नमान्ने, हाम्रो संस्कृति र परम्पराले बन्धन लगाइदिएको छ ।

घटनाहरु हुन्छन् । राजनीतिक परिवर्तनका लागि हुने आन्दोलनले बलिदानी माग्छन् र मात्रै तत्कालिन सरकारको अन्त्य हुन्छ अनि नयाँ सरकार जन्मन्छन् । नयाँ सरकार र सोच भनेको देशका लागि परिणाम दिने हुन्छन् भन्ने आसाले हामी पर्वको उत्सव मनाउन लागेका छौं । यसलाई हाम्रो मान्यतासँग जोडेर रमाउनुपर्ने बाध्यता छ । त्यसैले दशैंलाई खुशी बाँडेर मनाउँ, देशलाई शान्ति दिन मनाउँ । हाम्रा चेतनालाई नयाँ युगमा रुपान्तरण गरौं । पुराना दिन र सोचलाई परित्याग गरेर उठौं । तब मात्रै दशैं कुनै कालखण्डमा विजयी सुरुवात, जेनजी पुस्ताको युगको विजयीसँग जोड्न सक्छौं । अन्त्यमा विजया दशमीको हाम्रा पाठक, शुभेच्छुकमा मंगलमय शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्