बाइकमा सल बेरिदा भेडेटारमा एक महिलाको ज्यान गयो

<span class='c1'>बाइकमा सल बेरिदा भेडेटारमा</span> <span class='c2'>एक महिलाको ज्यान गयो</span>

धनकुटा चैत २७ । धनकुटाको भेडेटार बजार नजिकै आईतवार बिहान गुड्दै गरेको मोटरसाईकलमा सल बेरिदा लडेर एक महिलाको मृत्यु भएको छ । धनकुटाबाट धरान तर्फ जाँदै गरेको को.६ प.८६७५ नम्बरको मोटरसाईकलमा सवार उदयपुर बेलटार–१ की ३१ बर्षिय सुकुना श्रेष्ठको लडेर मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडीको चक्कामा सल बेरिएपछि गुड्दै गरेको मोटरसाईकलबाट उनि खसेकी थिईन् । मोटरसाईकलबाट झरेर गंभीर घाईते भएकी श्रेष्ठलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको धरान प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्