गाई पालेर समाजलाई उदाहरणीय सन्देश (भिडियोसहित)

<span class='c1'>गाई पालेर समाजलाई</span> <span class='c2'>उदाहरणीय सन्देश (भिडियोसहित)</span>

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका– ५ लक्ष्मीनारायण टोलकी संगीता पौडेलका श्रीमान टेकबहादुर घिमिरेले करिब १० वर्ष साउदी र कतारमा बिताए ।

विदेशबाट फर्किएपछि उनले अरुको गाडी चलाए । गाडीको स्टेरिङसँग उनले जीवनको करिब २५ वर्ष जति बिताए ।

पछिल्लो पाँच वर्षयता उनको दैनिकी फेरिएको छ । गाडी चलाउन छाडेर उनी गाई फर्म चलाउँछन् । स्टेरिङ चलाउने हातले हिजोआज दुध दुने मेसिन चलाइरहेका छन् । घरमा दूध खानका लागि पालेको एउटा गाईबाट सुरु भएको व्यवसायलाई उदाहरणीय र व्यावसायीक बनाएका छन् ।

घिमिरेको लक्ष्मीनारायण गाई फर्ममा सानाठूला गरेर ४४ वटा उन्नत जातका गाई छन् । फर्ममा दैनिक सरदर २०० लिटर दुध उत्पादन हुन्छ । उनले उत्पादन गरेको दुध उँदेखि इटहरी बजारसम्म बिक्री हुन्छ । छिमेकी फर्ममा नै दुध लिन आउँछन् ।

‘हामीलाई दूध बिक्री गर्न समस्या छैन, माग पुरा गर्न सकेका छैनौं,’ संगीता भन्छिन्,‘ गोठबाट धेरै दूध बिक्री हुन्छ, बजार पनि जान्छ ।’

संगीता र टेकबहादुरको घर सुन्दरहरैचा नगरपालिका– ४ मा पर्छ । सुरुमा उनले घरमै गाई पालेका थिए । त्यसपछि उनीहरुले साढे १२ कट्ठा जग्गा भाडामा जग्गा लिएर फर्म विस्तार गरे ।

गाई फर्ममा ४ जनालाई रोजगारी दिएका छन् । गाई पालन राम्रो पेशा हो भन्ने सन्देश गाउँमा दिएका छन् । ‘ अहिले गाउँमा सन्देश दिएको छ, हाम्रो हेरेर यसरी पनि गाई पाल्न सकिन्छ भनेर सुरु गर्नुभएको छ,’संगीताले भनिन्,‘ थोरैबाट विस्तार गर्दै यहाँसम्म आएका छौं ।’

उनीहरुले गाई पालनसँगै व्यावसायीक रुपमा बाख्रा, लोकल कुखुरा र हास पालेका छन् । फार्मकै लागि दुई वटा ट्याक्टर पनि राखेका छन् । टेकबहादुरलाई विदेशको मेहनतले भन्दै घरको गाई फर्मको परिश्रमले खुसी मिल्छ ।

गोठमा बिहान ४ बजेबाट सुरु हुने व्यस्तता हरेक दिन साँझसम्म चल्छ । ‘पहिले पहाड चलाउँथे अनि त्यसपछाडि २०६१ मा साउदी गए, ५ वर्ष बसेपछि फर्किएर फेरि कतार, फर्किएर १०– ११ वर्ष ट्याक्टर चलाए,’ टेकबहादुर भन्छन्‘गाई पालेको थियो घरमा एउटा, त्यहीबाट बढाउँदै–बढाउँदै व्यवसाय बनायौं, विदेशको बसाइभन्दा त यो धेरै आनन्द छ ।’

संगीतालाई पनि श्रीमानले विदेशमा गरेको संघर्ष भन्दा गाउँमा गरेको मेहनत राम्रो लाग्छ । ‘बाहिर भनेको त अर्काको देश, अर्काकै भैगो नि, यहाँ आफ्नो गर्दा हुन्छ,’ उनी भन्छिन,‘ पहिले मान्छेले के गोबर सोर्नु भन्थे,हामी हाँसि खुसी छौं, बाहिर जानु परेन, यहाँ कति हो कति आनन्द नि ।’ संगीता र टेकबहादुरलाई व्यवसाय विस्तारका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले निरन्तर सहयोग गरिरहेको छ ।

व्यवसाय सुरु गरेयता जीवन विकासले निरन्तर ऋण सहयोग गरेको हो । ‘ घरको गाईबाट सुरु गरेका थियौं, जीवन विकासले पैसा दिएपछि थोरै थोरै गर्दै थपेर विस्तार गर्‍याैं,’ उनले भनिन्,‘ अहिले झन् कति सजिलो भएको छ ।’ गाउँघर सापटीभन्दा जीवन विकासको ऋण सजिलो भएको उनी बताउँछन् ।‘ एकमुष्ट लिएर थोरै थोरै किस्तामा तिर्दा सजिलो भएको उनले बताइन् ।
भिडियो लिंक : https://www.youtube.com/watch?v=sspcjtVrGRI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्