जाजुसी गरेको आरोपमा भारतका नागरिकलाई पाकिस्तानले मृत्युदण्ड दिने फैसला

<span class='c1'>जाजुसी गरेको आरोपमा भारतका नागरिकलाई</span> <span class='c2'>पाकिस्तानले मृत्युदण्ड दिने फैसला</span>

जाजुसी गरेको आरोपमा भारतका नागरिकलाई पाकिस्तानले मृत्युदण्ड दिने फैसला गरेपछि दुई देशबिचको सम्बन्ध झनै चिसिएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो नागरिकलाई मृत्युदण्डको सजायबाट बचाउन भारत जुनसुकै हदसम्म जान सक्ने संसदमा बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको यो प्रतिक्रियालाई लिएर पाकिस्तानका अधिकारीले भने भारतले कुनै कदम चाले आफूहरु पनि चुप लागेर नबस्ने र पाकिस्तानले त्यसको जवाफ दिने बताएका छन् । तर पाकिस्तानी नागरिकमा भने यो विषयलाई लिएर चिन्ता बढेको छ ।

भारतले सैन्य कारबाही गर्ने वा कुटनीतिक रुपमा कुनै कडा कारबाही गर्ने हो भन्ने बारेमा पाकिस्तानी नागरिकमा भय छाएको हो । पाकिस्तानका रक्षामन्त्रीका अनुसार मृत्युदण्ड पाएका कुलभूषणले अब सैन्य कानुनअन्तर्गत रहेर ४० दिनभित्र यो निर्यणविरुद्ध अपिल गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्