सुनसरी, बैशाख ३ गते
सुनसरीको रामधुनी नगरपालिका-५ स्थित झुम्का बजार रहेको बिनोद अग्रवालको कपडा पसलमा शनिबार आगलागी भएको छ। बेलुका ८ बजेतिर बिधुतको तार सर्ट भई अचानक लागेको आगोले अन्दाजी ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी दमकल तथा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीको टोली, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जानएको छ।
यता मोरङको बुढीगंगा-४ स्थित हुलास वाईर ईन्डस्ट्री प्रा.ली.मा शनिबार आगलागी भएको छ। विहान ११ बजेतिर बिजुलीको तार सर्ट भइ अचानक लागेको आगोको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कर्यालय निमुवाले जनाएको छ।