विराटनगर । विराटनगरका युवा गायक तथा सर्जक रोशेष खड्काले अमेरिका पुगेपछि नयाँ म्युजिक भिडियो ‘चढ्नलाई हवाई जहाज’ सार्वजनिक गरेका छन् । गीतमा रचना र स्वर स्वयं खड्काकै रहेको छ । भिडियोमा रोशेष खड्कासँग मोडलिङमा आयुसा बस्नेतले साथ दिएकी छन् । म्युजिक भिडियोको छायाँकन अमेरिकाको बाल्टिमोर, मेरील्याण्ड लगायतका रमणीय स्थानहरूमा गरिएको हो । भिडियोको छायांकन अन्जय श्रेष्ठले गरेका हुन् ।

गायक खड्काका अनुसार, यो गीत उनले आफ्नै जीवनमा घटेको वास्तविक अनुभवलाई आधार बनाएर तयार गरेका हुन् । गीतमा परदेशको संघर्ष, सपना र जीवनका उतार–चढावलाई भावनात्मक ढङ्गले प्रस्तुत गरिएको छ । सार्वजनिक भएको म्युजिक भिडियोमा विशेष गरी प्रेम सम्बन्धको विछोडमा भावनात्मक कथा प्रस्तुत गरेका छन् । म्युजिक भिडियो उन कै अफिसियल युटुव च्यानल रोस एसमा अपलोड गरेका छन् । खड्काले अब फेरी ‘एक फेर एल्बम’ ल्याउदैछन् । उक्त एल्बममा आफ्नो जीवनयात्रामा घटेका वास्तविक घटनाहरु समेटिएका ७ वटा गीतहरु समावेस गरेका छन् । जसमा २ वटा गीतहरु भने अग्रेजी भाषामा रहेको गीतहरु आगामी मार्च २७ मा सार्वजनिक गर्ने जनाएका छन् ।
उनले सार्वजनिक गरेको भिडियो यस्तो रहेको छ :