महानगरको न्यायिक समितिमा घर खाली र भाडा असुल उपर उजुरीको चाङ्ग

<span class='c1'>महानगरको न्यायिक समितिमा घर खाली र</span> <span class='c2'>भाडा असुल उपर उजुरीको चाङ्ग</span>

विराटनगर । विराटनगर महानगरको बजार एरीयामा रहेका भाडावालले भाडा नतिर्ने गरेका कारण घरधनी आजित बन्ने थालेका छन् । त्यति मात्र हैन घर बहालमा लिएको व्यक्तिले घर खाली नगरिदिँदा पनि घरधनीहरु तनावमा पर्ने गरेका छन् । पछिल्लो समय घर बिक्री गर्ने र बिक्री गरेको घरलाई लामो समयसम्म पूर्व घर मालिकले ओगटेर बस्ने र घर खाली नगर्ने प्रवृत्तिले पनि जरो गाड्दै गएको पाइएको छ ।

विराटनगर महानगरपालिका अन्तर्गतको कानुन तथा न्याय शाखा मातहत रहेको न्यायिक समितिमा पछिल्लो समय घर खाली गराई पाउँ र भाडा असुल उपर गराई पाउँभन्ने उजुरीको चाङ्ग लाग्ने गरेको छ । जति जति विराटनगरमा बसाई सराई र जनसंख्याको चाप बढ्दो छ उत्तिनै घर भाडा र बसोबास सम्बन्धी समस्या देखिन थालेको छ । महानगरको कानुन तथा न्याय शाखा मातहत रहेको न्यायिक समिति शाखामा हरेक ५ वटा उजुरीमध्ये एउटा उजुरी ‘घर खाली गराई पाउँ र भाडा असुल उपर गराई पाउँ’ भन्ने नै रहने पाइएको छ । आर्थिक वर्ष २०८२ को साउनदेखि मंसिरको ७ गतेसम्म ४७ (१) अनुसार जम्मा ७८ वटा उजुरी परेकोमा १५ वटा उजुरी त केवल ‘घर खाली र भाडा असुल’ सम्बन्धी नै रहेको छ ।

नम्र भएर घर बहालमा लिने, घरको सम्पूर्ण सुख सुविधा उपभोग गर्ने तर लामो समयदेखि भाडा नतिर्ने कारण कतिपय घरधनी आजित बन्ने गरेका छन् । विराटनगर –५ की दाहाल थरकी एक महिलाले एक व्यक्तिसँग घर किनेकी थिइन् । तर जोसँग घर किनेको हो सो व्यक्तिले लामो समयसम्म घर खाली नगरिदिँदा ती महिला समस्यामा परिन् । ती महिलाले भनिन् आफैले किनेको घरमा आफू बस्न नपाएको गुनासो गरिन् । उनी पुग्नु पर्ने न्यायिक समितिदेखि सबै अड्डा अदालत पुगिसकेको भएपनि अझै न्याय पाउन नसकेको बताईन् ।

घर बनाएर यसलाई भाडा लगाएर आम्दानी गर्ने सोचका साथपनि मानिसले घर बनाएको हुन्छ । तर भाडा लिने व्यक्तिले समयमा भाडा वापतको रकम नदिने र घरपनि खाली नगर्दा बेकारैमा भएभरको पैसा लगाएर घर बनाएछुभन्दै पछुताउने घरधनीको पनि संख्या बाक्लै छ । पछिल्लो समय विराटनगरमा भाडामा लिएको घरको भाडा वापतको रकमपनि नतिर्ने र घरपनि खाली नगर्ने प्रवृत्तिमा उल्लेख्य वृद्धि भएको छ । विराटनगरको बजार एरीयामा त झन् १ बर्षभन्दा लामो समयदेखी व्यापार प्रयोजनको लागि भाडामा बसेका व्यापारीहरुले भाडा नदिएको घरधनीहरुले गुनासो गरेका छन् । अधिकास व्यापारीहरुले कागजमा सहमती गरेका अनुसारको भाडा पनि नदिने गरेको उनीहरुको गुनासो छ ।

विराटनगर महानगरपालिकाका न्यायिक समितिका सल्लाहकार परमेश्वर नेपालले पछिल्लो समय घर भाडामा लिने तर भाडा पनि नतिर्ने र घरपनि खाली नगर्ने प्रवृत्ति देखापर्दै गएको बताए । उनले कतिपय घर भाडामा लिने व्यक्तिसँग पैसा भइभइकनपनि घरबेटीलाई घरमा बसे वापतको भाडा नतिर्ने गरेको पाइएको बताए । कतिपय व्यक्तिको माथिल्लो तह र तप्कासम्म पहुँच हुने र सोही पहुँचको आधारमा धाक देखाउँदै घर भाडा नतिर्ने तर सम्पूर्ण सुखसुविधा उपभोग गर्ने र घरबेटीलाई डराउने धम्काउनेसम्म गर्ने गरेको भेटिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्