सिरहा र धनुषा जिल्लाको सिमानामा निर्माणाधिन कमला नदीको पुलको चोरीको समान सहित सोमबार ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको कर्जन्हा गाउँपालिका-२ बस्ने ३८ बर्षिय देबेन्द्र महतो, सोही ठाँका २४ बर्षिय इन्द्रजित महतो, २९ बर्षिय राम कुमार यादव र जिल्ला धनुषा कुम्भकर्ण गाउँपालिका-४ बस्ने अन्दाजी २० बर्षिय सूर्य देव यादव रहेका छन्।
उनीहरुलाई नेपाल र भारतको सहयोगमा निर्माणधिन उक्त पुलको समान विहान ३ बजेतिर चोरी गरी स १ त ५१७९ नम्बरको ट्याकटरमा लोड गरी रहेको अबस्थामा सोही पुलका कामदारले पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। पक्राउ परेका चारै जनालाइ इलाका प्रहरी मिर्चैयामा राखी थप अनुसन्धान भइरहेको छ।