आफ्नै घरमा आगो लगाउने महिला पक्राउ

<span class='c1'>आफ्नै घरमा आगो</span> <span class='c2'>लगाउने महिला पक्राउ</span>

मोरङको पथरी शनिश्चरे नगरपालिका ७ मा सोमबार आफ्नै घरमा आगो लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

सोही ठाँउ बस्ने राम बहादुर राई र निजको श्रीमती रमिला राई बिच सामान्य घरायसी बादबिवाद हुँदा रमिला राईले आफ्नै घरमा आगो लगाएकी हुन्। आगो लगाउने राईलाई प्रहरीले नियन्त्रणमा राखी अनुसन्धान थालेको छ। आगलागीबाट राई परिवारको एक तले फुसको छानो भएको घर, ग्वाली, परालको कुन्यु लगायत सम्पुर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ।

आगो प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्