तीव्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छ । सोही वाहनमा सवार अर्का एकजना गम्भीर घाइते भएका छन् ।
बिहीबार (मंसिर ११) राति सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार, मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उनको उपचार भइरहेको छ । रासस