विराटनगरको विरेन्द्रसभा गृहमा राजु लामा सहित १ दर्जन बढी कलाकारको प्रस्तुति हुदै

<span class='c1'>विराटनगरको विरेन्द्रसभा गृहमा राजु लामा सहित</span> <span class='c2'>१ दर्जन बढी कलाकारको प्रस्तुति हुदै</span>

विराटनगर । ‘‘कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान’’ भन्ने मुल नाराका साथ विराटनगरमा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवश भव्य रुपमा मनाउने तयारी छ । विराटनगरको विरेन्द्रसभा गृहमा आउँदो मंसिर १७ गते बुधबार हुन लागेका अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित प्रतिभाको खोजी तथा प्रस्फुटन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको समेत भव्य प्रस्तुति रहने भएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेश, सङ्गीत साधना प्रतिष्ठान, इटहरी, करूणा फाउण्डेसन नेपाल र कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको बारे विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी समेत गराइएको छ ।

राष्ट्रिय अपांग महासंघ कोशी प्रदेश अध्यक्ष नविनचन्द्र ढुगेलका अनुसार कोशी प्रदेशका ७१ जना प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न नौ विधा (कविता वाचन, वक्तृत्वकला, संगीत तथा गायन, अभिनय र क्यारिकेचर, नृत्य, चित्रकला, हस्तकला, नवप्रवद्र्धन) मा प्रतिभा प्रस्तुत गर्नेछन् । कार्यक्रममा गायक राजु लामा, बसन्त सापकोटा , वुलु मुकारुङ, मिन बहादुर भाम, बिशाल भण्डारी, निलु थापा, मनुमंजिल, कृष्ण विनोद लम्साल, महेन्द्र राई, अमिर बंजन, निलम ढुङ्गाना, सोनु जयन्ति, पृतम आचार्य लगायतका राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहने जनाइएको छ ।

यस कार्यक्रमको लागि विराटनगर महानगरपालिका, इनरूवा नगरपालिका, बेलबारी नगरपालिका, दुहवी नगरपालिका, भोक्राहानरसिंह गाउँपालिका, निक्षेप तथा कर्जा सुरक्षण कोष, एन.टिभी.इटहरी लगायत संस्थासँगको सहकार्य रहेको छ भने अन्य संघसंस्थासंग समेत सहकार्यका लागि पहल भइरहेको अध्यक्ष ढुंगेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्